काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको नयाँ प्रक्रिया नथाल्न अदालतले अल्पकालिन अन्तरिम आदेश देखिएको छ ।
अदालतको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सिफारिस समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले गठन गरेको समितिले पुरानो प्रक्रिया रद्द गरि नयाँ प्रक्रियाको अघि बढाएको थियो ।
तर त्यसविरुद्ध अध्यक्षको प्रतिस्पर्धी सन्तोष नारायण श्रेष्ठले रिट दायर गरेका थिए ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश दिएका हो ।
बोर्ड अध्यक्षमा १९ जनाले आवेदन दिएकोमा चैत अन्तिममा समितिले ५ जनाको संक्षिप्त सूचि तयार गरेको थियो । ५ जना मध्ये २ जना मात्रै अन्तरवार्तामा सहभागी भए ।
३ जना भन्दा बढि मन्त्रीपरिषद्मा सिफारिस गर्नुपर्ने ऐनमा नै उल्लेख गरेको कारण समितिले महान्यायाधिवक्ताको कार्यालयको राय माग गरेको थियो। महान्यायाधिवक्ताको कार्यालयले २ जनाको नाम सिफारिस गर्न नम्ल्निे बताएपछि प्रक्रिया नै रद्द गरिएको थियो ।