सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक

काठमाडौं । सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ ।

११ः२१ मिनेट जाँदा नेप्सेमा दोस्रो पटक सर्किट लागेको हो ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेका कारण २० मिनेट कारोबार स्थगन गरिएको थियो ।

त्यसपछि खुलेको बजार पुनः उछालको गतिमा बढ्न थाल्यो । फलस्वरुप बजार पुनः खुलेको १ मिनेटमै नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः अर्को सर्किट लगाइएको छ ।

दोश्रो सर्किट लगाएपछि नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगन गरेको छ ।

त्यसपछि पुनः बजार खुल्नेछ। पुनः बजार ६ प्रतिशतले बढ्यो भने आजका लागि सम्पूर्ण कारोबार स्थगन हुने नियम छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स