नेप्सेमा २ मिनेटमै लाग्यो सर्किट ब्रेक, २० मिनेटको लागि कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको केही मिनेटमै हल्ट (बन्द) भएको छ ।

नेप्से परिसूचक ४ प्रतिशतले बढेर २१३५.८७ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ। बजार खुलेको २ मिनेटमै सर्किट ब्रेक लागेको हो।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स