नेप्से १६ अंकले बढ्दा यस्ता छन् सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ७१ लाख ६५ हजार कित्ता सेयर २ अर्ब ९९ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६० वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन उर्जाको ९.७४%, दोर्दी खोला जलविद्युतको ८.७४%, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.५२%, हिमालयन बैंक बण्डको ७.४८%, सानिमा डिबेन्चरको ७.०७%, उप्पर हेवा खोला हाइड्रोपावरको ५.६६%, प्राइम डिबेन्चरको ५.६४%, दोल्ती पावरको ५.२१%, एभरेष्ट बैंक डिबेन्चरको ४.९०%, एनएमबी बैंकको ४.८३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स