करिब ३ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ७१ लाख ६५ हजार कित्ता सेयर २ अर्ब ९९ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६० वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएनको ११ करोड ८५ लाख, जानकी फाइनान्सको ९ करोड ७६ लाख, युनाइटेड आईडीआई मर्दीको ८ करोड ४१ लाख, दोर्दी खोला जलविद्युतको ७ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स