साढे ३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ अंक विन्दुमा आइपुगेको छ ।

आज ९१ लाख ७८ हजार कित्ता सेयर ३ अर्ब ६० करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जानकी फाइनान्सको ११ करोड ९८ लाख, युनाइटेड आईडीआई मर्दीको १० करोड ३९ लाख, मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ४० लाख, एनआरएनको ८ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स