नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकले एकैपटक डाक्यो दुई साधारण सभा, लाभांश प्रस्ताव पारित हुने

काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकले एकैपटक १८ औं तथा १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा आगामी साउन ६ गते आइतबार बिहान ११ बजे रुपन्देहीको बुटवल उप(महानगरपालिकास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा डाकेको हो ।

१८औं सभा अन्तर्गत आव २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात तथा आव २०७८/७९ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको विवरण,लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुने छ।

यसैगरी, सभाले चुक्तापुँजीको ८ प्रतिशत र कर प्रयोजनका लागि ०.४२ प्रतिशत समेतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, सोही दिन हुने १९ औं सभाले सभाको वैधानिकताबारे छलफल गर्दै आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन,२०८० असार मसान्तको वासलात तथा आव २०७९/८० को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको विवरण पारित गर्ने छ ।

सभाले लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी, सभाले १०.५३ प्रतिशत नगद लाभांश वितरण तथा १० प्रतिशत बोनस सेयर प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले बोनस सेयर जारी गर्दा कम्पनीको चुक्तापुँजी बढाउन पुँजी वृद्धि गर्नुपर्ने भएकोले प्रबन्धपत्रको दफा ५ (क), ५ (ख) र नियमावलिको नियम ५ (क), ५ (ख) मा संशोधन गरि पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स