काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त ना सिफरिस गर्नका लागि गठन भइको समितिले प्रक्रिया रद्द भएको सूचना जारी गरेको छ ।
१९ जनाको आवेदन परेकोमा ५ जनाको संक्षिप्त सूचि तयार गरेको थियो । ५ जनालाई अन्तरवार्ताको लागि बोलाइएपनि २ जना मात्रै उपस्थित भएका थिए । धितोपत्र बोर्ड ऐनले कम्तिमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने उल्लेख गरेको छ ।
त्यसमा समिति अन्यो परिेपछि महान्यायाधिवक्ताको कार्यालयको राय माग गरेको थियो। महान्यायाधिवक्ताबाट अन्तरवार्ता दिने २ जनाको मात्रै नाम सिफारिस गर्न नहुने राय दिएपछि प्रक्रिया रद्द भएको हो ।
चैत २५ गते नै पाँच जनाको छनौट भएपनि प्रक्रिया स्थगित गरिएको थियो ।
तर धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ता असार २ गतेलाई बोलाइएको थियो ।
बोर्ड अध्यक्ष छनौट समितिले उत्कृष्ट पाँच जनाको नाम अन्तिम सूची बनाएको थियो । बोर्ड अध्यक्ष बन्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, हालको बीमा प्राधिकरण साबिकको बीमा समितीका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, बोर्डका निर्देशकहरु मुक्ति श्रेष्ठ, डा नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठ उत्कृष्ट पाँच जनामा समावेश थिए ।
यी पाँच जनालाई अन्तरवार्ताको लागि राष्ट्रिय योजना आयोगमा बोलाईए पनि दुई जना मात्रै उपस्थित भए ।
अन्य तीन जना भने सहभागी नै भएनन् । सहभागी नभएकालाई नयाँ मिति तय भयो । असार ५ गतेलाई बोलाइएको अन्तरवार्तामा समेत तीनै जना सहभागी भएनन् ।
अध्यक्षको नियुक्तीको प्रक्रियामा भने तीन जनाको नाम सिफारिस गर्ने भनिएको छ । तीन जनाको नाम अर्थमन्त्रीले मन्त्रीपरिषद् बैठकमा पेश गर्नुपर्ने हुन्छ ।
योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजक रहेको छनौट समितिमा अर्थसचिव र प्राध्यापक उदय निरौला रहेका छन् ।
यो समितिले ३ जनाको नाम पठाउन पाएन । त्यसपछि महान्यायाधिवक्ताको कार्यालयको राय माग भयो ।
तर महान्यायाधिवक्ताको कार्यालयले छनौट समितिको सचिवालय रहेको अर्थमन्त्रालको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाएको पत्रमा दुई जनाको नाम सिफारिस गर्न नमिल्ने बताएको छ ।
जस अनुसार अब पुनः प्रक्रिया अघि बढाउनुपर्ने भएको हो ।