यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ अंक विन्दुमा आइपुगेको छ ।

आज ८९ लाख १ हजार कित्ता सेयर ३ अर्ब ७१ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, त्रिशुली जलविद्युतको ७.०९%, महालक्ष्मी डिबेन्चरको ६.०२%, कृषि बैंक डिबेन्चरको ५.७७%, मैलुङ खोला जलविद्युतको ५.६२%, नेपाल एसबीआई डिबेचरको ५.२४%, एसबीएल डिबेन्चरको ५.१२%, हिमालयन बैंक डिबेन्चरको ४.८१%, प्रभु बैंक डिबेन्चरको ४.७१%, सेन्चुरी डिबेन्चरको ४.७०%, एनएमबी डिबेन्चरको ३.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स