नेप्से दोहोरो अंकले घट्दा पनि यस्ता छन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ८७ लाख २७ हजार कित्ता सेयर ४ अर्ब ५ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको ९.५५%, शिव श्री हाइड्रोपावरको ७.२६%, गणपति लघुवित्तको ७.१३%, मुक्तिनाथ कृषि कम्पनीको ६.५०%, स्वाभिमान लघुवित्तको ५.१०%, प्रभु स्मार्ट फण्डको ५.०५%, नेपाल वायर हाउजिङको ४.९७%, गुडवील फाइनान्सको ४.६४%, मानुषी लघुवित्तको ४.३५%, माथिलो मैलुङ खोलाको ४.२७ प्रतिशतले सेयर मुल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स