आज नेपाल फाइनान्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

बुधबार, नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ८७ लाख २७ हजार कित्ता सेयर ४ अर्ब ५ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गुडवील फाइनान्सको १५ करोड १६ लाख, एनआरएनको १३ करोड ३३ लाख, ग्लोबल आईएमई लघुवित्तको ८ करोड ८२ लाख, पोखरा फाइनान्सको ८ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स