करिब साढे ४ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख ३५ हजार कित्ता सेयर ४ अर्ब १८ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आरएसडीसी लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएनको १२ करोड ६२ लाख, नेपाल फाइनान्सको ९ करोड ६९ लाख, पोखरा फाइनान्सको ९ करोड ४९ लाख, हाथ्वे इन्भेष्टमेन्टको ८ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स