काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७ लाख ७ हजार कित्ता सेयर ५ अर्ब ७ करोड ७२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्स र गणपति लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
मकर जितुमाया सुरी हाइड्रोपावरको ७.२१%, शिव श्री हाइड्रोपावरको ६.९१%, आरम्भ चौतारी लघुवित्तको ६.३९%, सिन्धु विकास बैंकको ६.१५%, एनआईबीएल स्टेबल फण्डको ६.१३%, साधना लघुवित्तको ५.९७%, स्वाभिमान लघुवित्तको ५.९३%, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।