५ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७ लाख ७ हजार कित्ता सेयर ५ अर्ब ७ करोड ७२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मेरो माइक्रो फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएनको १८ करोड ४१ लाख, पोखरा फाइनान्सको १६ करोड १७ लाख, माउन्टेन इनर्जीको १४ करोड ५८ लाख, मन्जु श्री फाइनान्सको १४ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स