काठमाडौं । आइतबार, नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ अंक विन्दुमा आइपुगेको छ ।
आज ९५ लाख ६१ हजार कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङ खोला जलविद्युतमा १०% र नेपाल फाइनान्सको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
बुद्वभूमि नेपालको ८.१७%, मन्दाकिनी हाइड्रोपावरको ८.०२%, पोखरा फाइनान्सको ६.९५%, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.८५%, समृद्वि फाइनान्सको ६.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।