साढे ४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ६१ हजार कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १३ करोड ५८ लाख, रिलायन्स फाइनान्सको १३ करोड १६ लाख, माउन्टेन इनर्जीको ११ करोड ११ लाख, मान्डु हाइड्रोपावरको ९ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स