धितोपत्र निष्काशनको प्रक्रिया पुनःसुचारु, हिमालयन ऊर्जाले पायो हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को धितोपत्र निष्काशनको अनुमति प्रक्रिया पुनःसुचारु भएको छ ।
लामो समयदेखि अवरुद्ध रहेको बोर्डको धितोपत्र निष्काशनको अनुमति प्रक्रिया आजबाट पुनः सुचारु भएको देखिन्छ ।

बोर्डले आज हिमालयन ऊर्जा विकास कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको छ ।

बोर्डले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । जसअनुसार अब कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी ९९ करोड छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

बोर्ड अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै हकप्रद, आईपीओ अनुमतिको काम ठप्प हुँदै आएको थियो । यसबीचमा दर्जनौं कम्पनीहरु हकप्रद र आईपीओ जारी गर्नका लागि पाइपलाइनमा रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स