काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको ६२ हजार कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा लघुवित्तको १० प्रतिशतले हुन आउने कुल ६२ हजार ३३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।