नेप्से १९ अंकले घट्यो, कारोबार ४ अर्ब माथि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १९.२० अंकले घटेर २८२९.६४ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स २.७१ अंकले घटेर ५२८.३७ विन्दुमा पुगेको छ ।

सोमबार २३० कम्पनीका सेयर ४९ हजार ५३० पटक करोबार भएको छ । ७२ लाख ७ हजार ३९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

फाइनान्स, म्यूचल फण्ड र इन्भेष्टमेन्ट उपसमूह बढेका छन् । बाँकी सबै उपसमूह घटेको छ ।

आज आईसीएफसी फाइनान्स, सहास ऊर्जा, तेह्रथ्रुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स