करिब ४ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज ८६ लाख ६३ हजार कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माउन्टेन इनर्जीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएनको १५ करोड ७४ लाख, सीईडीबी हाइड्रोपावरको ९ करोड ९९ लाख, पोखरा फाइनान्सको ८ करोड ९६ लाख, गोर्खाज फाइनान्सको ८ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स