एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज ७२ लाख ९ हजार कित्ता सेयर ३ अर्ब ४० करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

समाज लघुवित्तको ९.८८%, कुथेली बुखेरी हाइड्रोपावरको ९.३८%, मन्दाकिनी हाइड्रोपावरको ८.२८%, समलिङ पावरको ८.०८%, आत्मनिर्भर लघुवित्तको ७.३४%, सिर्जनशील लघुवित्तको ६.८७%, वीन नेपाल लघुवित्तको ६.५२%, एनआईसी एसिया ग्रोथ फण्डको ५.४९%, उपकार लघुवित्तको ५.२२ प्रतिशतले सेयर मुल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स