आदर मल्टी इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । आदर मल्टी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्काशन गर्नेका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको जारी पुँजी रकम १ अर्ब ७८ करोड ५८ लाखको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार सेयर पुँजी बराबरको १०० अंकित दरको ५३ लाख ५७ हजार ४०० कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स