४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ४४ हजार कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वरुण हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सीईडीबी हाइड्रोपावरको ११ करोड १३ लाख, एनआरएनको १० करोड ३७ लाख, ग्लोबल आईएमई लघुवित्तको ९ करोड ४१ लाख, मान्डु हाइड्रोपावरको ९ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स