साढे ५ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३२ लाख २३ हजार कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएनको १८ करोड १९ लाख, न्याङदी ग्रुप पावरको १५ करोड २५ लाख, सीईडीबी हाइड्रोपावरको १३ करोड २७ लाख, समृद्वि फाइनान्सको १३ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स