हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्काशन गर्ने

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा
असार १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे डाकेको छ ।

सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँबराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक सेयर जारी पश्चात सर्वसाधारणका लागि छुट्याइएको सेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स