आईसिएफसि फाइनान्सलाई ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न अनुमति प्रदान

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडलाई ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न अनुमति प्रदान गरिएको छ ।

कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्काशनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णय गरेका थियो । कम्पनीको उक्त आवेदनलाई राष्ट्र बैंकले जेठ २८ गते स्वीकृती प्रदान गरेको हो ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट प्रति ऋणपत्र १ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्काशनको अनुमति पाएको हो ।

योसँगै अब कम्पनीले प्रति ऋणपत्र १ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्रको ब्याजदर ९ प्रतिशत हुनेछ ।

कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स