काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १६ लाख ३४ हजार कित्ता सेयर ५ अर्ब ४९ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४१ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, माउन्टेन इनर्जीको २४ करोड ४७ लाख, जानकी फाइनान्सको १६ करोड ७७ लाख, सीईडीबी हाइड्रोपावरको १३ करोड ५१ लाख, युनाइटेड इदी मर्दी हाइड्रोपावरको १२ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।