काठमाडौं । आइतबार, नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ४ लाख ५२ हजार कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ९७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, इष्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल, कुथेली बुखेरी स्मल हाइड्रोपावरमा १० प्रतिशत र भगवती हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
समलिङ पावरको ९.२८%, सयपत्री हाइड्रोपावरको ८.९५%, जानकी फाइनान्सको ८.२६%, युनाइटेड आईडीआई मर्दीको ७.९३%, माउन्टेन हाइड्रो नेपालको ७.९२ प्रतिशतले सेयर मूल्य बढेको छ ।