काठमाडौं । साताको पहिलो दिन सेयर बजार सामान्य अंकले घटेको छ ।
आइतबार, नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ४ लाख ५२ हजार कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ९७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सीईडीबी हाइड्रोपावरको २१ करोड १३ लाख, सिटी होटलको १३ करोड ९७ लाख, पोखरा फाइनान्सको १२ करोड ३८ लाख, हाथ्वे इन्भेष्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।