नेप्सेमा दुई लघुवित्तसहित चार कम्पनीको साढे ५७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्तसहित चार कम्पनीको साढे ५७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

जेठ २१ गते र जेठ २५ गते चार कम्पनीको कुल ५७ लाख ३४ हजार ६०९.७९०१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जेठ २१ गते (सोमबार) डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

जसमा डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुन आउने कुल १५ लाख ५१ हजार ०८८.१६६१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङको १५ प्रतिशतले हुन आउने ४ लाख १८ हजार ३२६.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

जेठ २५ गते (शुक्रबार) नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउण्टेन इनर्जी नेपालको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

जसमा नेशनल लघुवित्तको ७.५ प्रतिशतले हुन आउने कुल ८ लाख १३ हजार १५४.६६४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, माउण्टेन इनर्जीको १५ प्रतिशतले हुन आउने २९ लाख ५२ हजार ४०.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स