काठमाडौं । बुधबार, नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ अंक विन्दुमा आइपुगेको छ ।
आज ८० लाख ४२ हजार कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, भगवती हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
मनकामना स्मार्ट लघुवित्तको ९.८३%, माईखोला हाइड्रोपावरको ९.६५%, विजया लघुवित्तको ७.९०%, लक्ष्मी लघुवित्तको ७.६४%, नाडेप लघुवित्तको ७.३२%, ग्लोबल आईएमई लघुवित्तको ६.४६%, नेष्डो समृद्वि लघुवित्तको ६.१५%, वाराही हाइड्रोपावरको ५.०८%, सीवाईसी लघुवित्तको ४.७४ प्रतिशतले सेयर मूल्य बढेको छ ।