काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।
बुधबार, नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ अंक विन्दुमा आइपुगेको छ ।
आज ८० लाख ४२ हजार कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सीईडीबी हाइड्रोपावरको १८ करोड ४३ लाख, सानिमा माई हाइड्रोपावरको १६ करोड ९९ लाख, पोखरा फाइनान्सको १२ करोड ६ लाख, ग्लोबल आईएमई लघुवित्तको ८ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।