युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित पहिलो साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा असार ६ गते कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे डाकेको छ ।

यस्ता छन् सामान्य प्रस्तावहरुः

१. सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/८० को सञ्चालक समितिको बैठकबाट अनुमोदित वार्षिक प्रतिवेदन उपर छलफल एवं निर्णय ।

२. सञ्चालक समितिको बैठकबाट अनुमोदित लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल एवं निर्णय ।

३. आव २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा छलफल एवं निर्णय ।

४. विसं २०७९ श्रावण १ गतेदेखि हालसम्म सञ्चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धमा छलफल एवं निर्णय ।

५. कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन सम्बन्धमा छलफल एवं निर्णय ।

६. कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा छलफल एवं निर्णय ।

७. अन्य नयाँ परियोजनाहरुमा लगानी सम्बन्धमा छलफल एवं निर्णय ।

८. कम्पनीको चुक्तापुँजीभन्दा बढी ऋण लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल एवं निर्णय ।

९. सञ्चालक समिति सम्बन्धमा छलफल एवं निर्णय ।

१०. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सेयरधनी सदस्यहरुका तर्फबाट ३ जना प्रतिनिधि मनोनयन गर्ने सम्बन्धमा छलफल एवं निर्णय ।

विशेष प्रस्तावहरुः

१. पुँजी संरचना संशोधन सम्बन्धमा छलफल एवं निर्णय ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स