काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तसहित दुई कम्पनीको करिब २० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार, डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेढको गरि कुल १९ लाख ६९ हजार ४१४.६२६१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुन आउने कुल १५ लाख ५१ हजार ०८८.१६६१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
त्यस्तै, साल्ट ट्रेडिङको १५ प्रतिशतले हुन आउने ४ लाख १८ हजार ३२६.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।