ठमेल प्लाजा होटलको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला

काठमाडौं । ठमेल प्लाजा होटलको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ ।

कम्पनीले गत जेठ १९ गतेको विशेष साधारण सभाबाट साबिकमा जारी गरिएको २० प्रतिशत हकप्रद सेयरसमेत समेटेर आफूले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको हो।

हकप्रद सेयरमा आज जेठ २१ गतेदेखि असार २३ गतेसम्म संस्थापक सेयरधनीहरूले आवेदन दिन पाउनेछन् ।

निर्धारित मितिभित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट हकप्रद खरिदका लागि आवेदन नपरेमा सञ्चालक समितिको निर्णयबाट अन्य सेयरधनी, व्यक्ति तथा निकायलाई सेयर बेचबिखन, पुनः बाँडफाँट र अन्य किसिमले बिक्रीवितरण गरी बाँडफाँड गर्न सकिने कम्पनीले जनाएको छ ।

हकप्रद सेयर खरिदका लागि ठमेल प्लाजामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त आवेदन आवेदन बुझाउनुपर्नेछ । दरखास्त बापतको रकम सिटिजन्स बैंकमा ठमेल होटलको नाममा रहेको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ ।

कम्पनीले गत जेठ १९ गते विशेष साधारण सभा आयोजना गरी आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स