काठमाडौं । आइतबार, नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंक विन्दुमा आइपुगेको छ ।
आज ९६ लाख ९७ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
कालिन्चोक दर्शनको ८.८५%, अपर सोलु हाइड्रो इलेक्ट्रिकको ८.४८%, माई खोला हाइड्रोपावरको ८.०२%, नेपाल फाइनान्सको ७.८०%, अप्पर लाहोरे खोला हाइड्रोपावरको ७.४४%, साल्ट टे«डिङको ६.९६%, सामुदायिक लघुवित्तको ६.९१%, एसियन हाइड्रोपावरको ६.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।