नेप्सेमा एक लघुवित्तसहित पाँच कम्पनीको ९१ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तसहित पाँच कम्पनीको ९१ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

जेठ १४ गतेदेखि जेठ १८ गतेसम्म पाँच कम्पनीको कुल ९१ लाख १२ हजार ३९०.८९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा जेठ १४ गते (सोमबार) कालिका पावर कम्पनीको १० प्रतिशतले हुन आउने कुल ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

जेठ १४ गते (सोमबार) रसुवागढी हाइड्रोपावरको स्थानीयलाई बिक्री गरेको थप सेयर सूचीकृत भएको छ ।

कम्पनीको कुल ६८ लाख ४२ हजार १०० कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले २०७९ साल असार १३ गते देखि २०७९ साउन १० गते सम्म रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता साधारण सेयर निष्काशन गरेको थियो । उक्त सेयर २०७९ साल भदौ २८ गते बाँडफाँट भएको थियो ।

बाँडफाँट भएको मितिले ३ वर्ष सम्म लक इन रहने ब्यवस्था रहेको छ । सोही कारण उक्त सेयरहरु २०८२ भदौ २८ गते पछि कारोबार योग्य हुनेछन् ।

जेठ १६ गते (बुधबार) स्वरोजगार लघुवित्त वित्तीय संस्था र एनएलजी इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

जसमा स्वरोजगार लघुवित्तको ७ प्रतिशतले हुन आउने कुल ४ लाख ३९ हजार ०४०.६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

एनएलजी इन्स्योरेन्सको ५.५० प्रतिशतले हुन आउने ८ लाख २ हजार ६०१.६९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, जेठ १८ गते (शुक्रबार) नेपाल हाइड्रो डेभलोपर लिमिटेडको ७ प्रतिशतले हुन आउने कुल २ लाख ३५ हजार १४८.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स