काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ अंक विन्दुमा आइपुगेको छ ।
आज ९८ लाख ६४ हजार कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रोपावर, भगवती हाइड्रोपावरमा १० प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोृपावरको ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
युनिलिभर नेपालको ९.५०%, ग्रीन भेन्चरको ६.९०%, सुपर मदी हाइड्रोपावरको ६.०४%, अपर स्यांगे हाइड्रोपावरको ५.३५%, नेपाल हाइड्रोको ५.०२%, मैलुङ खोलाको ४.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।