काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ अंक विन्दुमा आइपुगेको छ ।
आज ९८ लाख ६४ हजार कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, न्याङदी ग्रुप पावरको १५ करोड ३० लाख, जानकी फाइनान्सको १३ करोड ६० लाख, सीईडीबी हाइड्रोपावरको १२ करोड ३ लाख, कालिन्चोक दर्शनको १० करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।