काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।
बुधबार, नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७ लाख ३८ हजार कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सीईडीबी हाइड्रोपावरको १९ करोड २७ लाख, सर्वोतम सिमेन्टको १४ करोड १० लाख, एनआरएनको १० करोड २८ लाख, हाथ्वे इन्भेष्टमेन्टको १० करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।