नेप्सेमा एक लघुवित्तसहित दुई कम्पनीको साढे १२ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तसहित दुई कम्पनीको साढे १२ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार, स्वरोजगार लघुवित्त वित्तीय संस्था र एनएलजी इन्स्योरेन्स कम्पनीको गरि कुल १२ लाख ४१ हजार ६४२.३४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा स्वरोजगार लघुवित्तको ७ प्रतिशतले हुन आउने कुल ४ लाख ३९ हजार ०४०.६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको ५.५० प्रतिशतले हुन आउने ८ लाख २ हजार ६०१.६९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स