काठमाडौं । भिजन ईनर्जी एण्ड पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सभा जेठ ३२ गते भर्चुअल माध्यमबाट अपरान्ह ३ बजेदेखि शुरु हुने छ ।
यस्ता छन् छलफलका विषयहरु :
१. कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा ।
२. कम्पनीको प्रबन्ध पत्रको दफा ६ संशोधन गर्ने सम्बन्धमा ।
३. कम्पनीको जारी पुँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ जारी गर्ने सम्बन्धमा ।
४. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन थपघट परिवर्तनको निर्देशन भएमा सोहि बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।