यी कम्पनीका सेयरमा लगानीकर्ता झुमिए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा पुगेको छ ।

बुधबार २२९ कम्पनीका सेयर ६१ हजार ७४५ पटक कारोबार भएको छ । ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सर्वाधिक सेयर खरिद बिक्री नबिल बैंकको भएको छ । बैंकको सेयर ७ लाख ५ हजार ४३० कित्ता खरिद बिक्री भएको छ । बैंकको सेयर २.८ प्रतिशत अर्थात ४५ रुपैयाँले बढेको छ । बैंकको सेयर मूल्य १६५३ रुपैयाँ छ ।

अपि पावर कम्पनीको ५ लाख ५१ हजार ४४४ कित्ता सेयर खरिद बिक्री सहित दोस्रो स्थानमा छ । कम्पनीको सेयर प्रति कित्ता ५३० रुपैयाँमा करोबार भएको छ । कम्पनीको सेयर ५.१६ प्रतिशत अर्थात २६ रुपैयाँले बढेको छ ।

महालक्ष्मी विकास बैंकको ४ लाख ७९ हजार ५२० कित्ता सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ८०३ रुपैयाँ छ । विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विकास बैंकको सेयर मूल्य ७३ रुपैयाँले बढेको हो ।

अरुण काबेली पावरको ३ लाख ३७ हजार १२० कित्ता सेयर खरिद बिक्री भएको छ । कम्पनीको सेयर मूल्य ६४५ रुपैयाँ छ । कम्पनीको सेयर ७.५ प्रतिशत अर्थात ४५ रुपैयाँले बढेको छ ।

यूनाइटेड मोदी हाइड्रोपावरको २ लाख ७५ हजार ७९१ कित्ता सेयर खरिद बिक्री भएको छ । उच्च संख्यामा सेयर कारोबार भए पनि कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य ३.२४ प्रतिशत आर्थ १६.७० रुपैयाँले घटेको छ । आज कम्पनीको सेयर प्रति कित्ता ४९८ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स