काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ अंक विन्दुमा आइपुगेको छ ।
आज ९३ लाख ३० हजार कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सीईडीबी हाइड्रोपावरको १८ करोड ५२ लाख, पोखरा फाइनान्सको १८ करोड ४७ लाख, हाथ्वे इन्भेष्टमेन्टको १० करोड ४२ लाख, कालिन्चोक दर्शनको ९ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।