नेप्सेमा साढे ६८ लाख कित्ताबढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रसुवागढी हाइड्रोपावरको थप सेयर सूचीकृत भएको छ ।

सोमबार कम्पनीले स्थानियलाई बिक्री गरेको सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको कुल ६८ लाख ४२ हजार १०० कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले २०७९ साल असार १३ गते देखि २०७९ साउन १० गते सम्म रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता साधारण सेयर निष्काशन गरेको थियो । उक्त सेयर २०७९ साल भदौ २८ गते बाँडफाँट भएको थियो ।

बाँडफाँट भएको मितिले ३ वर्ष सम्म लक इन रहने ब्यवस्था रहेको छ । सोही कारण उक्त सेयरहरु २०८२ भदौ २८ गते पछि कारोबार योग्य हुनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स