काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १० लाख ४४ हजार कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, कालिका दर्शनको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सिटी होटलको ८.२४%, सनराइज ब्लुचिप फण्डको ८.०९%, बुद्वभूमि नेपालको ७.३०%, वाराही हाइड्रोपावरको ६.६८%, कालिका लघुवित्तको ५.८१%, आत्मनिर्भर लघुवित्तको ५.७१%, रिडी पावरको ५.५७%, नारायणी डेभलपमेन्ट बैंकको ५.३६%, सिद्वार्थ ग्रोथ सिमको ५.२६ प्रतिशतले सेयर मूल्य बढेको छ ।