साढे ४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १० लाख ४४ हजार कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आईएमई लाइफ इन्स्योेरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सीईडीबी हाइड्रोपावरको १७ करोड ५३ लाख, फस्र्ट माइक्रो फाइनान्सको १४ करोड ८१ लाख, , नबिल बैंकको १३ करोड ४० लाख, सोल्टी होटलको १० करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स