नेप्सेमा एक लघुवित्तसहित तीन कम्पनीको करिब दुई करोड सेयर सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तसहित तीन कम्पनीको करिब दुई करोड सेयर सूचीकृत भएको छ ।

जेठ ७ गते तीन कम्पनीको कुल १ करोड ९१ लाख २४ हजार ३४६.७१ कित्ता सेयर सूचीकृत भएको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको बोनस सेयर र अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा समता घरेलु लघुवित्तको ५.४२२२ प्रतिशतले हुन आउने कुल २ लाख १३ हजार ७२०.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको ५.५० प्रतिशतले हुन आउने २ लाख ३१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स