काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले सभा जेठ २५ गते कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे डाकेको छ ।
सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी बृद्धिको प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले आईपीओ जारी गर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्ने छ ।यसअघि धितोपत्र बजारमा तीन वटा अलग अलग सिमेन्ट उद्योगले आईपीओ निष्काशन गरिसकेका छन् ।
कम्पनीको उद्योग कपिलवस्तु जिल्लामा सञ्चालनमा छ ।