सेयर साता : के उत्साह जगाउँदै छ ?

काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को परिसूचक उत्साहप्रद देखिएको छ । सेयर बजार निरन्तर उकालो लाग्ने क्रममा रहेको संकेत गरेको छ ।

यो साता ४ दिन मात्रै सेयर कारोबार भयो । ४ दिनमा ६७.०४ अंकले सेयर बजार वृद्धि भयो । सेयरबाजारमा यो साता देखिएको सकरात्मक विषय बैंकहरुको सेयरको किनबेच पनि हो । नेपालको स्टक बजारमा सबै धन्दा धेरै बैंक तथा वित्तिय कम्पनीहरुले सेयर होल्ड गरेका छन् ।

ती कम्पनीहरु समेत चलायमान देखिनुले बजार वृद्धिको संकेत गरेको छ । अर्को भनेको बजार समेत अब चलायमान हुने समय आएको छ । सरकारी खर्चको भुक्तानी वृद्धि हुने समय आएकोले समग्र बजार नै चलायमान हुने र त्यसको प्रभाव पनि सेयरबजारमा देखिने संकेत अहिले देखि नै सुरु भएको छ ।

कुन दिन कस्तो कारोबार भयो ?
यो साताको अन्तिम कारोबार दिन बुधबार, नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ अंक विन्दुमा रोकिएको हो । बुधबार एक करोड ४४ लाख १९ हजार कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

उक्त दिन ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । यस दिन नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको थियो । कम्पनीको २४ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सामुदायिक लघुवित्त र बुद्वभूमि हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मंगलबार, नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ अंक विन्दुमा रोकिएको थियो । सो दिन बजारमा एक करोड ३२ लाख ४१ हजार कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाखमा खरिद बिक्री भएको थियो । उक्त दिन १९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४३ वटा कम्पनीको सेयर घटेको थियो भने ९ वटा कम्पनीको स्थिर अवस्थामा थियो ।

यस दिन नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको २४ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको १०% र बुद्वभूमि नेपालको ९्९% प्रतिशतले सकरात्मक सर्किट लागेको थियो ।

सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार, नेप्से परिसूचक २७.५४ अंकले उकालो लागेको थियो । उक्त दिन नेप्से २७.५४ अंकले बढेर २०९२.०० अंक विन्दुमा रोकिएको थियो । १ करोड ४३ लाख ७० हजार कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाखमा खरिद बिक्री भएको थियो । १३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको सेयर घटेको छ भने ५ वटा कम्पनीको सेयर स्थिर अवस्थामा रहेको थियो ।

यस दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको १९ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यसैगरि, सामुदायिक लघुवित्त, बुद्वभूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावरको १०% र नेरुडे मिर्मिरे लघुवित्तको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लाग्न पुग्यो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको थियो । ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको कित्ता सेयर १ करोड २२ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
सो दिन ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा सेयर कारोबारको पहिलो दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स